पल शाहले पाए सफाइ, तर जेलमुक्त नहुने

कलाकार पल शाहले नाबालिग करणी अभियोगबाट सफाइ पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले आज उनलाई सफाइ दिएको हो।

Advertisement

अदालतले सफाइ दिए पनि उनी जेलमुक्त भने हुन पाउने छैनन्। कारण- जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा उनलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ। उनी अहिले तनहुँ कारागारमा सोही सजाय काटिरहेका छन्। शाह करिब एक वर्षयता जेलमा छन् ।

जबरजस्ती करणीको मुद्दामा भने उनलाई नवलपुर अदालतले पनि सफाइ दिएको छ। कैदसँगै उनलाई १० लाख क्षतिपूर्तिबापतको जरिवाना पनि तोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search