झापाको कचनकवलमा एउटै रूखमा झुन्डिएर एक युवा र एक युवतीले गरे आत्महत्या

झापा, झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् । कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनिमा रहेएभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशीले आत्महत्या गरेका हुन् ।

उनीहरुले माछा मार्ने नाइनलको जालको डोरी बनाई पासो लागेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए । युवतीलाई सिदुरपोते लगाइदिएर उनीहरु झुन्डिएका हुन् । गत वर्ष उनीहरुले भागी विवाह गरेका थिए ।तर  युवतीका अभिभावकले छोरी नाबालिका भएको भन्दै आफ्नो घर फर्काएको उपाध्यक्ष भट्टराईले बताए । दुवैजनाले झुन्डिएर आत्महत्या गरेपछि केटा र केटी पक्षबीच विवाद चलेको बताइएको छ ।

यसअघि गत साउनमा कचनकवल –५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका तीनजना किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search