हल्दिबारी आधारभूत अस्पताल संचालनको १ महिना पूरा,११६७ जनाले लिए स्वास्थ्य सेवा

झापा। हल्दिबारी आधारभूत अस्पताल हल्दिबारीले सेवा प्रारम्भ गरेको १ महिना मा ११६७ जनाले स्वास्थ्य सेवा को सुविधा लिएका छन्।

गत पौष ८ गते उदघाटन भएको अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको छ।
गाउँपालिका का नागरिकले सहज तरिकाले स्वास्थ्य सेवा लिन पाउन भन्ने उद्देश्यले अस्पताल सुरू गरिएको हो।
अस्पतालमा विशेष गरी दिर्घरोग (सुगर / प्रेसरका ) बिरामी बढी मात्रामा आउने गरेका अस्पतालका स्वास्थ्यकर्मी जय बोहोराले जानकारी दिए।

अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी,बालरोग तथा नवजात शिशु व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन, सामान्य चिरफार लगायतका सेवा उपलब्ध भईरहेको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए ।

सामान्य स्वास्थ्य सेवा लिन गाउँपालिकाबासी अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गर्न आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको र धेरै नागरिकले सुविधा लिएको भन्दै गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले निकट भविष्यमै अस्पतालले सेवा विस्तार गर्ने जनाए।

५ शैयाबाट सुरु भएको अस्पतालको भवन निर्माण कार्य धमाधम भइरहेको छ। हाल हल्दिबारी गाउँपालिका कार्यपालिका को कार्यालय परिसरमा अस्पताल संचालन भइरहेको छ।


अस्पतालले एकपटक निशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...