अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई

नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्।

उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो। भेटका क्रममा दुई देशको हितका विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search