काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो ।

सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सोही निर्णयका आधारमा निर्वाचन कार्यक्रम सार्वजनिक गरिने बताए। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकिएपछि आयोगले मुख्यसचिवमार्फत मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ।
राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।










