नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझायो

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै जनताको दैनिकी सहज तुल्याउन आग्रह गरेको छ।

Advertisement

आज बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्न धौ-धौ भइरहेको भन्दै जनताको जीवनयापन सहज तुल्याउन आग्रह गर्दजै ज्ञापन पत्र बुझाएका हुन्।

मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको ज्ञापन पत्रमा उल्लेख छ। बढ्दो महँगी नियन्त्रण गरेर जनताको निरासालाई सम्बोधन गर्न अध्यक्ष नेपालको आग्रह छ।

देशको आर्थिक संकट समाधानका लागि सरकारले तत्कालै कदम चाल्नुपर्ने मागसमेत एकीकृत समाजवादीको छ। टोलीमा पार्टीका सर्वोच्च नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाललगायतको सहभागीता रहेको थियो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search