काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित प्रदेश नम्बर–१ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी छ ।
शिष्टाचार भेटमा प्रदेशको विकासलगायत विषयमा छलफल हुने बताइएको छ ।
उनीहरूले एकार्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनेछन् । प्रचण्ड प्रधानमन्त्री र कार्की मुख्यमन्त्री बनेपछि उनीहरूबीच यो पहिलो औपचारिक भेटवार्ता हो ।