दुर्लभ वनस्पतिका बिरूवा उत्पादन तथा नर्सरी व्यवस्थापन तालिम हल्दिबारीमा सम्पन्न

झापा।दुर्लभ वनस्पति संरक्षण गर्ने उद्देश्यले संचालित नर्सरी व्यवस्थापन सम्बन्धी ३ दिवसिय तालिम आज हल्दिबारी ४ को पाथीभरा कालीका सामुदायिक वन समूहमा सम्पन्न भएको छ।

फरेष्ट एक्सन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ झापा र पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा  तालिम संचालन भएको थियो।

३५ जनाको सहभागिता रहेको तालिममा कृषीवन स्रोत केन्द्र काभ्रेका किरण खरेल र वागवानीका  बलराम सिग्देल प्रशिक्षक रहेका थिए।

तालिमको पहिलो दिन नर्सरी व्यवस्थापन तथा वानस्पतिक प्रसारण सम्बन्धी सैद्धान्तिक जानकारी का साथै नर्सरी संरचना सम्बन्धी स्थलगत अनुगमन गराईएको थियो। दोस्रो दिनमा बिरूवा उत्पादन का लागि आवश्यक माटोको तयारी,कटिङ,ग्राफटिङ,लेयरिङ का विषयमा प्रयोगात्मक अभ्यास गराईनुका साथै साथै जलथल क्षेत्र का दुर्लभ वनस्पतिहरू को संरक्षण का लागि यसै जलथल वनबाट संकलन गरिएका आनुवंशिक संरक्षण का लागि नर्सरीमा बिरूवा उत्पादन कार्य सुरु गरिएको थियो ।
तालिम को तेस्रो दिनमा बिउबाट दुर्लभ वनस्पति र डालेघाँस का विरूवा को नर्सरी उत्पादन सुरु गरिएको थियो ।

पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समूह र फरेष्ट एक्सन नेपाल को समन्वयमा जलथल वन क्षेत्रका दुर्लभ साथसाथै जलथल क्षेत्रबाट हराउँदै गएका प्रजातिहरूको संरक्षण र पुनर्स्थापनाका लागि यसै जलथल वनबाट उक्त वनस्पतिहरूको आनुवंशिक स्रोत संकलन गरी बिरुवा उत्पादनका लागि नर्सरीको स्थापना पनि गरिएको छ जसबाट भविष्यमा प्रजातिका बिरुवा पुनः उत्पादन भई प्रवर्द्धन र संरक्षण हुने उद्देश्य लिएको फरेष्ट एक्सन नेपाल कि फिल्ड अधिकृत मुना भट्टराईले बताईन।  यसै तालिम मार्फत कुसुम , वन सूपारी वन सुन्तला मालागिरी, अनौ काठ आदि यस क्षेत्रका दुर्लभ वनस्पतिको बिरुवा उत्पादन कार्य सुरु भएको छ।

जैविक विविधता को दृष्टिले अत्यन्तै महत्वपूर्ण जलथल वनमा प्राकृतिक रूपमा नै भिन्न प्रजातीका धेरै वनस्पति पाइन्छन् भने दुर्लभ वनस्पतिको संरक्षण गर्न यो तालिमको आयोजना गरिएको थियो।

पाथीभरा कालीका सामुदायिक वन समूहका उपाध्यक्ष श्यामलाल मेचे को अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका निमित्त प्रमुख जिवन पाठक प्रमुख अतिथि रहेका थिए भने जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी को विशेष आतिथ्यता रहेको थियो।स्थानीय महासंघ हल्दिबारीका अध्यक्ष हेमराज काफ्ले, भद्रपुर नगर महासंघ अध्यक्ष चन्द्र तामाङ लगायत को आतिथ्यता रहेको कार्यक्रममा सहभागीहरु लाई प्रमाण पत्र प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...