झापाको ऐतिहासिक किचकबध मेला आज

झापा। देवीका अधिकारी

फाल्गुण शुक्ल पूर्णिमाको दिन लाग्ने ऐतिहासिक किचकबध मेला आज लागिरहेको छ।  भद्रपुर नगरपालिकाको दक्षिणी भू भागमा अवस्थित किचकबध एउटा धार्मिक , ऐतिहासिक, र पुरातात्विक महत्वको क्षेत्र हो । भद्रपुर नगरपालिकाको १र ३ वडा नं मा पर्ने यो क्षेत्र भद्रपुर बजारवाट करिव ७ कि.मि दक्षिणमा रहेको छ ।
हिन्दु धर्मको महान् ग्रन्थ महाभारतसँग जोडिएका कारण यसले धार्मिक महत्व बोकेको छ । यसकाे किंवदन्ती अनुसार महाभारत कालमा पाण्डवहरु गुप्तवास बसेको  बेला विराटनगरका राजा विराटकोमा आश्रय लिएका थिए । राजा विराटको सालो सालो (सेनापति) किचकले दौपदीको सौन्दर्यमा लोभिएर कुदृष्टी राखेपछि दौपतीले भिमलाई सुनाएको र अहिलेको किचकबध भएको ठाँउमा भिम द्रौपती बनेर भेटन गएर किचक लाई मारेको हुदाँ यस ठाँउलाई किचकबध भनिएको धार्मिक विश्वास रहेको छ ।
यस धार्मिक क्षेत्रमा दस दिन सम्म महाभारत कथा वाचन गर्ने गरिन्छ भने अन्तिम दिन फाल्गुण शुल्क पूर्णिमाको दिनमा यहाँ ठूलो मेला लाग्ने गरेको छ ।यस क्षेत्रमा एउटा पुरानो पोखरी पनि रहेको छ भने पोखरीमास्नान गरे चर्मरोग निको हुने धार्मिक विश्वास रहेको छ ।
किचकबध क्षेत्रमा पुरातित्वक विभागले उत्खनन् गर्दा आठवटा कोठा भएका घर तथा अन्य कलाकृतीहरु पता लगाएका छने भने ति भग्नावशेषहरु २ हजार वर्ष भन्दा पुराना रहेको बताईन्छ ।यस क्षेत्रको पर्यटकिय महत्व बढाउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा बाल उद्मान पनि निमार्ण गरिएको छ । यहाँ अवलोकन तथा वनभोजका लागि केही संरचनाहरु निर्माण गरिएको छ भने धार्मिक तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न विभिन्न प्रयासहरु निरन्तर भईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search