झापा।हल्दिबारी गाउँपालीका र चेतना नेपालको आयोजनामा सञ्चालीत सुर्तिजन्य पदार्थ तथा लागू औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम आज हल्दिवारी मा वि मा एक कार्यक्रम विच उदघाटन सम्पन्न भएको छ ।
हल्दिवारी मा वि का बालक्लव का अध्यक्ष मनिका वास्कोटाको अध्यक्षता एवम हल्दिवारी गाउँ पालीका कि उपाध्यक्ष लक्ष्मी देवि मैनाली को प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त सचेतना कार्यक्रममा विध्यलयका प्र अ टंक बहादुर पाख्रीन , शिक्षासेवी प्रलाद सिलवाल , जु रे स का अध्यक्ष नवीन सुनुवार मुखिया, स्कुलका टिम क्यापटेन नवीन कुमार भट्टराई ,चेतना नेपालकी सदस्य कृष्णदेवी चुडाल विधालयका शिक्षक शिक्षिका बाल क्लवका पदाधिकारी आदिको आतिथ्यता रहेको थियो ।
सचेतना कार्यक्रमलाई उदघाटन र प्रशिक्षणात्मक सत्र दुई भागमा संचालन गरिएको थियो। उदघाट्न सत्र खुल्ला चौरमा सम्पुर्ण विद्यार्थीको सहभागितामा रहेको थियो । विद्यालयका प्र अ टंक बहादुर पाख्रीन ले स्वागत गरेको कार्यक्रममा प्रमुख मैनालीले पानस मा दिप प्रज्ज्वलन गरि उदघाटन गरेकी थिइन् ।उक्त सचेतना कार्यक्रमको औचित्यता तथा सहजी करण चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्र प्रसाद ओली ले गरेका थिए। हल्दिवारी गाउँपालीका का सामुदायिक र संस्थागत विद्यालयमा गरि प्रथम चरणमा ११ वटा कार्यक्रम सञ्चालन गरिने सहजकर्ता ओली ले बताएका छन ।
प्रमुख अतिथी मैनाली ले भौतिक विकाश सगै स्वस्थ्य नागरिक , कुलत र दुर्व्यसन रहित समाज निमार्ण गर्न पालीका लागि परेको र समय समय मा विज्ञ हरुसग समन्वय गरि प्रशिक्षण सञ्चालन तथा नितिगत रुपमै व्यवस्थित गर्ने योजना रहेको बताएकि थिइन्।
उदघाटन सत्र पछि पुन विद्यालयको सभाकक्षमा छात्र छात्रा हरुलाइ सभ्य दृष्य सहित प्रशिक्षक ओली ले सहजी करण गरेका थिए।
शिक्षक झमक बस्नेतले सचेतना कार्यक्रम को टिप्पणी गर्दै यस्ता ज्ञान वर्द्धक चेतनामूलक कार्यक्रम समय समयमा हुन सके विध्यार्थीहरु कुलत र दुर्व्यसन को धराप बाट वचन सक्ने र पाठ्यक्रम मा पनि भएको हुदा थप विद्यार्थीलाई सहज हुने बताउदै आयोजक परिवार हल्दिबारी गाउँपालिका र चेतना नेपाल लाई धन्यवाद दिएका थिए।
अन्त्यमा बालकल्वकी अध्यक्ष मनिका बास्कोटा ले मनतव्य सहित कार्यक्रम समापन गरेकी थिइन्।