राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा, हल्दिबारी गाउँपालिकाको खेलाडी छनौटको तयारी पुरा , भोलि बाट खेल सुरु

झापा।राष्ट्रपति रनिङ शिल्ड हल्दिबारी गाउँपालिका स्तरीय अन्तरमाध्यमिक खेलाडी छनौट प्रतियोगिता को तयारी पुरा भएको छ।
माघ २७ गते बाट २९ गते सम्म संचालन हुने प्रतियोगितामा हल्दिबारी गाउँपालिका का सामुदायिक र संस्थागत गरी ११ वटा विद्यालय को सहभागिता रहने छ।
छनौट प्रतियोगितामा भलिबल,कवड्डी, एथलेटिक्सका १३ इभेन्टस ,उसु, कराँते,र तेक्वान्दो मा छात्रछात्राले प्रतिस्पर्धा गर्ने र यहाँ बाट छनौट भएका विद्यार्थीहरूलाई जिल्लास्तरीय प्रतियोगितामा पठाईने हल्दिबारी वडा नं ४ का वडाध्यक्ष एवंम राष्ट्रपति रनिङ शिल्ड का संयोजक सन्तकुमार थापा ले जानकारी दिएका छन्।

खेलकुदका सबै प्रतिस्पर्धा जनजागृति माध्यमिक विद्यालय हल्दिबारी १ मा संचालन हुनेछन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search