झापा।राष्ट्रपति रनिङ शिल्ड हल्दिबारी गाउँपालिका स्तरीय अन्तरमाध्यमिक खेलाडी छनौट प्रतियोगिता को आज दोस्रो दिन विभिन्न खेलहरू संचालन भएका थिए।आज भएका एथलेटिक्सका खेलहरूमा ४/१०० मिटर रिले दौडमा जन जागृति मा.वि. प्रथम ,पञ्चायत मा. वि. द्वितीय र चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलका विद्यार्थी को समूह तृतीय भएका थिए ।
त्यस्तै १५०० मिटर दौडमा छात्रा तर्फ राधन हस्दा लक्ष्मी मा.वि. प्रथम ,कृसा मुर्मु हल्दिबारी मा.वि. द्वितीय र शुस्मा मुर्मु जन जागृति मा.वि. तृतीय भएका थिए भने छात्र तर्फ जन जागृति मा वि प्रज्वल रायमाझी प्रथम, हल्दिबारी मा वि प्रशान्त मगर द्वितीय र चिल्ड्रेन गार्डन एकेडमी निलम राई ले तृतीय स्थान हासिल गरेका थिए।
Tripel jump (छात्र )मा लक्ष्मी मा वि बाबुलाल हेमरम प्रथम, चिल्ड्रेन गार्डन एकेडमी अर्वाज आलम द्वितीय र चिल्ड्रेन गार्डन एकेडमीका संजिव मार्डी तृतीय भए भने छात्रा तर्फ हल्दिबारी मा. वि. कि रिया मेचे प्रथम, अस्मिता दर्जी द्वितीय र सिग्मा अंग्रेजी मा.वी. को रचना गिरी तृतीय भएका थिए।
Long jump (छात्र) मा लक्ष्मी मा वि का सुनिल किस्कु प्रथम, चिल्ड्रेन गार्डन एकेडमी का अर्वाज आलम द्वितीय र लक्ष्मि मा वि अनिस चौधरी तृतीय हुँदा छात्रा तर्फ हल्दिबारी मा. वि. कि रिया मेचे प्रथम, जन जागृति मा.वि. सोनी योङहाङ द्वितीय र चिल्ड्रेन गार्डन अंग्रेजी मा.वि कि सलिना मेचे तृतीय भएका थिए।
यस्तै १५०० मिटर दौडमा (छात्र) तर्फ जन जागृति मा वि प्रज्वल रायमाझी प्रथम, हल्दिबारी मा वि का प्रशान्त मगर द्वितीय र चिल्ड्रेन गार्डन एकेडमी निलम राई ले तृतीय स्थान हासिल गरेका थिए।छात्रा तर्फ लक्ष्मी मा वि कि राधन हस्दा प्रथम,कृषा मुर्म हल्दिबारी मा वि द्वितीय र शुष्मा मुर्मु जनजागृति मा वि तृतीय भएका थिए।
यसैगरी ८०० मिटर दौडमा कृषा मुर्मु हल्दिबारी मा.वि प्रथम,नेहा मुर्मु लक्ष्मी मा वि द्वितीय र ज्योति झा चिल्ड्रेन गार्डन एकाडेमी तृतीय भएका थिए भने छात्र तर्फ लक्ष्मी मा वि का सुनिल किस्कु प्रथम ,जितेन राई तृतीय भएका थिए।
shot put मा सिग्मा अंग्रेजी मा वि सुजित नेम्वाङ प्रथम, हल्दिबारी मा वि रुपेश मेचे द्वितीय र लक्ष्मि मा वि राज कुमार मण्डल तृतीय भएका थिए छात्रातर्फ हल्दिबारी मा वि कि बविता राई प्रथम, लक्ष्मी मा वि कि सविना किस्कु द्वितीय र सिग्मा अंग्रेजी मा वि कि संध्या तामाङ तृतीय भएका थिए।
jabling throw मा जन जागृति मा वि का प्रतिक बिस्ट प्रथम, चिल्ड्रेन गार्डन एकेडमी संगम सेवा द्वितीय र सरस्वती मा वि मुस्कान राई तृतीय भएका थिए भने छात्रा तर्फ जनजागृति मा वि अनिता राई प्रथम, सोही विधालय किसुष्मा मुर्मु द्वितीय र हल्दिबारी मा वि कि सुस्मिता कार्की तृतीय भएका थिए।
बाकी खेलहरूको फाइनल खेल भोलि हुनेछ भने आज फाइनल भएका खेलाडीहरु लाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।