राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता आज सम्पन्न भएको छ।
जनजागृति मा वि हल्दिबारी १ गोलधापमा माघ २७ गते सुरु भएको खेल आज २९ गते समापन भएको हो ।
आज भएको फाइनल खेलमा १५ स्वर्ण,७ रजत र १२ काश्य सहित जनजागृति मा वि प्रथम भएको छ भने १० स्वर्ण,१४ रजत र ४ काश्य सहित हल्दिबारी मा वि दोस्रो भएको छ। यस्तै ८ स्वर्ण,५ रजत र ४ काश्य सहित तेस्रो स्थान लक्ष्मी मा वि ले हासिल गरेको छ।
पुरस्कृत विधार्थीहरुलाई हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, १ नं वडाध्यक्ष देवीबहादुर थापा,२ नं वडाध्यक्ष सुकलाल राजवंशी, जनजागृति मा वि कि प्राधानाध्यापक इन्दिरा कडेल चुडाल, हल्दिबारी मा वि का प्र अ टंकबहादुर पाख्रिन, झापा खेलकुद विकास समितिको सदस्य गंगा भूर्तेल, वडा सदस्यहरू शान्ता शिवाकोटी,रूपा रसाईली,प्रकास कार्की, अजित विष्ट लगायत खेल प्रशिक्षकहरु बाट पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई शिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो।