झापा। हल्दिबारी गाउँपालिका वडा नं ३ को देवनिया नदी किनारमा रहेको पवित्र तीर्थस्थल शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिर परिसर आज श्रिमद नारदिय महापुराण को समुदघाटन भएको छ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को प्रमुख आतिथ्यतामा भएको समुदघाटन कार्यक्रममा मन्दिर निर्माण समितिका निवर्तमान अध्यक्ष देवेन्द्र कन्दङवा, मन्दिर निर्माणमा विशेष योगदान पुर्याउने नेत्रराज थापा,मन्जु थापा, हल्दिबारी वडा नं ३ कि वडा सदस्य कमला ढुंगेल,१ नं वडाका वडा सदस्य प्रकाश कार्की, ३ नं वडा कि निवर्तमान वडाध्यक्ष रोशनी शिवाकोटी, रामेश्वर आधारभूत विद्यालय कि प्र.अ मेनका शर्मा,रणकाली सामुदायिक वन समूहका अध्यक्ष धनबहादुर सांवा लगायत समाजसेवी, संचारकर्मीहरू ,बुद्धिजीवीहरूको आतिथ्यता रहेको थियो भने धर्मानुरागी सयौ भक्तजनहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दिबारी क्षेत्रकै पवित्र तीर्थस्थल निर्माण को लागि गाउँपालिका ले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
व्यवस्थापन समितिका उपाध्यक्ष शालिकराम कार्कीले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा लालबहादुर कन्दङवा, पंडित कृष्णप्रसाद गुरागाई , नेत्रराज थापाले शुभकामना व्यक्त गरेका थिए।
उदघाटन कार्यक्रममा नै भारतको बागडुग्रा निवासी नेत्रराज थापा सहित परिवारले निर्माणाधीन सामुदायिक भवनको छाना निर्माण को सबै लागत आफूहरुले व्यहोर्ने घोषणा गरेका थिए।
मन्दिर परिसरमा निमार्णधिन सत्सङ्ग भवनलाई पूर्ण गर्न साथै सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको पुराणमा जगत जननी शिवशक्ति स्वरूप माता कल्याणीबाट दिव्य प्रवचन हुने छ भनेधर्म संस्कृति दर्शन व्याख्याता धर्माचार्य कृष्णप्रसाद गुरागाँईबाट संगितमय कथा प्रवचन र पण्डित रोहित ढुङ्गाना बाट नियमित पाठ पारायण हुने पुराण प्रचार प्रसार समितिका अध्यक्ष लालबहादुर कन्दङवा ले जानकारी दिएका छन्।
सात दिन सम्म संचालन हुने अनुष्ठानमा कथा, झाँकी प्रर्दशन तथा संगीतमय भजन कीर्तन हुनेछ।
औपचारिक कार्यक्रम को अन्त्यमा बोल्दै अध्यक्ष बोहोराले सबैको सहयोग ले मन्दिर यो स्थान सम्म पुगेको भन्दै धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सबैको सहयोग को अपेक्षा रहेको धारणा राखेका थिए।
कार्यक्रमको संचालन संचारकर्मी देवीका अधिकारीले गरेकी थिइन्।