हल्दिबारी ५ मा संचालित किराँत लिपि साक्षरता अभियान को समापन

 

झापा। हल्दिबारी गाउँपालिका वडा नं ५ को आधारभूत विद्यालय मा संचालित किराँत लिपि साक्षरता अभियान को एक कार्यक्रमका बिच समापन गरिएको छ।
बालबालिकालाई आफ्नो लिपि, संस्कार र संस्कृतिको बारेमा बुझाउने उद्देश्य राखेर सुरु गरिएको यो अभियान सुरु गरिएको प्रशिक्षक सरस्वती कन्दङवा ले जानकारी दिइन्।
किराँत लिपि प्राचीन लिपि रहेको ले किराँत संस्कार जन्म र मरण बिचका विभिन्न गरिने कर्म हरु किराँती लिपि बाट लेखिएको मुन्धुम किराँती मात्रै नभई सम्पूर्ण मानव जातीले अध्ययन गर्न सक्ने वातावरण बनाउनु पर्ने उनले बताएकी थिइन्।

मोती आधारभूत विद्यालय का प्र अ केदार सुवेदी को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय प्रेमकुमार थाम्सुहाङ , हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,वडा नं ५ का वडाध्यक्ष खडक लावती, वडासदस्यहरू बिजय फागो,जिवन कन्दङवा, शान्ता विश्वकर्मा लगायत विधालय व्यवस्थापन समितिका सदस्य,शिक्षक शिक्षिकाहरु र समाजसेवीहरुको को उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थाम्सुहाङ ले अत्यन्तै सर्हानिय कार्य रहेको भन्दै आफूले सकेको सहयोग गर्ने बताएका थिए। यस्तै गाउँपालिका अध्यक्ष लिङदेन ले संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गरिएको कार्यको प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। वडाध्यक्ष लावतीले छोटो समयमा नै नानीहरूले धेरै कुरा सिकेको र यसले आफ्नो लिपि को बारेमा बालबालिकाहरूले बुझेको भन्दै प्रशिक्षक लाई धन्यवाद दिएका थिए।

अभियानको बारेमा बोल्दै प्रशिक्षक कन्दङवा ले लोप हुन लागेको किराँत भाषा लिपि, संस्कार र संस्कृति लाई संरक्षण सम्बर्द्धनमा जोड दिदै हल्दिबारी गाउँ पालिका अन्तर्गतका केही विधालयहरुमा यो अभियान सुचारु गराउन गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराएकी थिइन्।


१५ दिनको कक्षामा उत्कृष्ट हुने विधार्थी हरूलाई सम्मान गरिएको थियो भने किराँत लिपि को पुस्तक पनि वितरण गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष सुवेदीले संस्कृति र परम्पराको रक्षार्थ गरिएको कार्यक्रम सफल भएको भनाई राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search