भद्रपुर झापा गोल्डकप आजको खेलमा,पुलिस लाई ३-० ले हराउँदै चर्च व्वाइज बिजयी

भद्रपुर  । झापा गोल्डकप अन्तर्गत आजको खेलमा चर्च व्याइज विजयी भएको छ । पुलिस क्लवलाइ ० का विरुद्ध ३ गोल गर्दै चर्च व्याइज विजयी भएको हो ।जित सगै क्वाटफाइनल प्रवेश गरेको चर्च व्याइजले अव मछिन्द्र फुटबल क्लबसँग भिड्ने छ ।
मछिन्द्रले हिजो मात्र सातौँ राजर्षि जनक कप फुटबलको उपाधि जितेको हो । आइतबारबाट सुरु भएको गोल्डकप फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

गोल्डकपमा तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...