राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

काठमाडौं। निर्वाचन आयोगले २५ फागुनमा तय गरिएको राष्ट्रपति निर्वाचनका लागि ८८१ म्तदाता नामावली सार्वजनिक गरेको छ। बुधबार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नाम सार्वजनिक गरेको हो।

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरिएको छ। राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले भाग लिन पाउँछन्।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ। त्यतिन्जेल पर्न आएका निवेदन तथा उजुरीउपर १२ फागुन ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।

राष्ट्रपति बन्न चाहने उम्मेदवारका लागि १३ फागुनमा मनोनयन दर्ता र २५ फागुनमा निर्वाचन हुने कार्यतालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search