कांग्रेस-माओवादीबीच पुरानो गठबन्धन ब्युँताउने अनौपचारिक सहमति

काठमाडौँ — राष्ट्रपतिको उम्मेदवार छनोटका विषयमा कांग्रेस र माओवादी सहमतिनजिक पुगेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार बेलुका बालुवाटारमा भएको वार्ताअनुसार पुरानो गठबन्धन ब्युँताउने  तयारी छ ।

Advertisement

बालुवाटार बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘पहिले राष्ट्रपतिका विषयमा सम्झौता गर्ने र पछि सत्ता सहकार्यसमेत गर्ने समझदारी भएको छ,’ ती नेताले भने ।

बालुवाटार वार्ताबाट कांग्रेस र माओवादी सहमतिनजिक पुगेलगत्तै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीले पनि राष्ट्रपति निर्वाचनमा उम्मेदवार उठाउने बताए । ‘उम्मेदवार उठाउँछौं । अझै दुई दिन बाँकी छ । यसबीचमा घनीभूत वार्ता होला,’ उनले कान्तिपुरसित भने । राष्ट्रपतिमा कांग्रेस र माओवादीबीच सहमति भए गठबन्धनबारे पार्टीले आवश्यक निर्णय लिने पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search