हात्तीपाइले रोग विरूद्ध को औषधी सेवन अभियान हल्दिबारी गाउँपालिकामा सुरु

झापा। देशव्यापी रूपमा आजबाट सुरु भएको हात्तीपाईले रोग विरूद्ध को औषधी सेवन अभियान हल्दिबारी गाउँपालिकाले पनि सुरु गरेको छ । हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले औषधी सेवन गरि अभियानको प्रारम्भ गरेका थिए।

प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद चापागाई चापागाई सहित सबै शाखा प्रमुखहरु, कर्मचारी लगायत स्थानीय जनताहरूले पनि औषधी सेवन गरेका थिए।

हल्दिबारी गाउँपालिका का सबै वडा कार्यालय,विधालय, स्वास्थ्य संस्था लगायत सबै तिर बाट एकसाथ औषधी सेवन कार्यक्रम अघि बढाइएको अध्यक्ष लिङदेन ले बताए।

हल्दिबारी गाउँपालिका भित्रका करिब ३० हजार जनसंख्यालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए। आजबाट सुरु भएको यो अभियानमा कोही पनि नछुटन अनुरोध गर्दै निरौलाले निर्धक्क भएर औषधी सेवन गर्न पनि सबैलाई आग्रह गरेका छन्।१०/१२ दिन भित्रमा सबैलाई औषधी खुवाउने लक्ष्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...