हल्दिबारी गाउँपालिकामा पालिका स्तरीय बालसंजाल गठन

480 views

झापा।हल्दिबारी गाउँपालिकामा पालिका स्तरीय बालसंजाल गठन भएको छ।
हल्दिबारी गाउँपालिका लाई बालमैत्री स्थानीय तह बनाउने लक्ष्य रहेको । त्यही लक्ष्य प्राप्तिका लागि वडास्तरीय बालकल्बहरू गठन भइसकेको छन् भने आज बालसंजाल पनि गठन गरिएको छ।


विभिन्न विधालयका प्रतिनिधिका रुपमा आएका विद्यार्थीहरूबाट छनौट गरि पवन गिरीको अध्यक्षतामा तपशिल अनुसार को १५ सदस्य रहेको संजाल गठन गरिएको छ।

Advertisement

अध्यक्ष:पवन गिरी

उपाध्यक्ष:अम्बिका महतो

सचिव:दिपिका कार्की
सह-सचिव;स्वेता तवारी
कोषाध्यक्ष :खुशी शाह
सदस्यहरू
आर्जु दाहाल
समिक्षा राजवशी
प्रितम कार्की
सुसन लिम्बू
दिपक कर्मकार
समृता पाण्डे
सुदिन घिमिरे
रोशन मेचे
सुसन घतानी
समीर तामाङ्ग रहेका छन्। नवगठित समितिलाई हल्दिबारी गाउँपालिका का अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले सपथ ग्रहण गराएका थिए।
बाल अधिकार, संजाल को काम कर्तव्य का बारेमा सहजकर्ता सुमन ढकालले प्रशिक्षण दिएका थिए।हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको सभापतित्वमा भएको कार्यक्रममा,वडा नं १ का वडाध्यक्ष देवी बहादुर थापा,वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्यहरू भागिरथा दाहाल, रूपा रसाईली र आयुषा मेचे वडा सदस्यहरू अम्बिका तोलाङ्गी, विष्णु बहादुर राई ,प्रकास कार्की लगायत विभिन्न विधालयका शिक्षकहरू, बालकल्बका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।

हल्दिबारी गाउँपालिका का प्रशासन शाखा प्रमुख राजन न्यौपाने ले औचित्य माथि प्रकाश पारेको कार्यक्रम को संचालन सपना न्यौपानेले गरेकी थिइन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search