झापा।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं २ को श्री सरस्वती आधारभूत विद्यालय मा ४ कोठे भवन आज शिलान्यास गरिएको छ। हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले उक्त भवनको शिलान्यास गरेका थिए।
आयोजना को लागत ५० लाख ११ हजार २ सय ६ रूपैयाँ र जनश्रमदान ५ लाख ११ हजार २ सय ६ रूपैयाँ रहेको छ भने भवन निर्माण कार्य २०८० असार १२ गते सम्पन्न गर्ने गरि निर्माण कार्य अघि बढाइने गाउँपालिका अध्यक्ष लिङदेनले जानकारी दिएका छन्।
हल्दिबारी वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी, वडा सदस्य रचना कुलुङ राई , विधालयका प्र अ गोविन्द बोहोरा ,विधालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक, प्राविधिकहरू , विधार्थीहरू लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो।