हल्दिबारी गाउँपालिकामा पाठेघरको क्यान्सर सम्बन्धी परिक्षण गरि मनाइयो नारी दिवश

झापा। ११३ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा हल्दिबारी गाउँपालिकाले शुभकामना आदानप्रदान तथा महिलाहरूको पाठेघरकाे मुखको क्यान्सर सम्बन्धी स्क्रनिङ (VIA ) परिक्षण कार्यक्रम संचालन गरेको छ।
उक्त परिक्षणमा ६० जना महिलाहरुले सेवा लिएका थिए।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै क्यान्सर सम्बन्धी सचेतनामूलक जानकारी स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले गराएका थिए।
आज बाट सुरु भएको यो सेवा क्रमशः सवै वडाहरुमा संचालन हुँदै जाने पनि निरौलाले जानकारी दिएका छन्।
पुष्कर निरौलाले स्वास्थ्यकर्मीहरू रन्जिता सेलिङ, कविता खनाल,हेमा कुइकेल,जय बहादुर बोहोरा लगायतको टिमबाट प्रदान गरिएको थियो।

हल्दिबारी गाउँपालिका कि कार्यबहाक उपाध्यक्ष शान्ता शिवाकोटी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए। कार्यपालिका सदस्य भावना दाहाल ले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा जनप्रतिनिधिहरू
शिवमाया मगर,रुपा रसाईली,आयुशा मेचे, शान्ता वि .क, कुलबहादुर राई, प्रकास कार्की सहित भुल्का टोल विकास संस्था अध्यक्ष शुक्रमाया लिम्बु लगायत टोलविकास संस्थाका प्रतिनिधिहरू , कर्मचारीहरू लगायत को उपस्थिति रहेको थियो।

वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा ,वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी वडा सदस्यहरू
प्रकाश कार्की, अम्बिका तोलाङ्गी ले शुभकामना मन्तव्य राखेका थिए भने संचालन
महिला शाखा कि कर्मचारी सपना न्यौपानेले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search