पाथीभरा कालिका सामुदायिक वनमा , नयाँ नेतृत्व चयन को प्रकृया सुरु

हल्दिबारी गाउँपालिका वडा नं ४ मा अवस्थित पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व छनौटको लागि मतदाता नामावली प्रकाशन गरिएको छ। मतदाता नामावली उपर कुनै दावी बिरोध भए फाल्गुण २५ गते वेलुका ५ बजे सम्म प्रमाण सहित पेश गर्न भनिएको छ।
समूहको हालको कार्यसमिति को समयावधि सकिएपछि नयाँ कार्यसमिति चयन गर्न निर्वाचन समिति बनाईएको छ भने सो समितिले सर्वसम्मत कार्यसमिति चयन गर्नका लागि पनि अपिल गरेको निर्वाचन समितिका संयोजक योगेश कार्कीले जानकारी दिएका छन्।
वनको कार्यविधिमा अध्यक्ष र कोषाध्यक्ष मध्ये १ जना महिला र उपाध्यक्ष र सचिब मध्ये १जना महिला अनिवार्य भनिएकोले जनप्रतिनिधि , राजनीति दलका प्रमुख साथै सम्पूर्ण टोलि नेताको भेलाबाट आज निर्वाचन समिती ले उपाध्यक्ष र कोषाध्यक्ष मा महिला अनिवार्य गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...