राष्ट्रपति रनिङ शिल्डका बिजेतालाई, हल्दिबारी वडा नं १ द्वारा सम्मान

झापा।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिजेता हुने खेलाडीहरूलाई हल्दिबारी गाउँपालिका वडा नं १ ले आज एक कार्यक्रमका बिच सम्मान गरेको छ।
झापा जिल्ला स्तरीय प्रतियोगितामा हल्दिबारी गाउँपालीका तेस्रो भएको थियो भने कराँते तर्फ झापा जिल्ला प्रथम भएको थियो।
आज विभिन्न खेलहरूमा पदक ल्याउने खेलाडीहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
सम्मानित हुने खेलाडीहरूमा
१ . प्रज्ज्वल रायमाझी
२.युनिस आङदेम्बे
३.शान्ति मुर्मु
४.अरुण राई
५.अस्मिता कोल
६.आर्यन सुवेदी
७.सोनी योङहाङ
८.जितेन राई लगायत
रहेका थिए।


हल्दिबारी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा को सभापतित्वमा भएको कार्यक्रममा कार्यवाहक उपाध्यक्ष एवं कार्यपालिका सदस्य शान्ता शिवाकोटी, वडा सदस्यहरू प्रकास कार्की, कुलबहादुर राई,  जनजागृति माद्यमिक विद्यालय का व्यवस्थापन समितिका अध्यक्ष सरोज राई , सोही विधालयका कि प्र अ इन्दिरा कडेल चुडाल, हल्दिबारी शिक्षा समिति सदस्य धर्मराज शिवाकोटी,गरमकाली आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल राई , सोही विधालयका प्र अ रामप्रसाद पराजुली, सरस्वती मा वि विधालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द घिमिरे,
मेलमिलाप सदस्य दिलकेशर थापा, हरिप्रसाद ढकाल,नरेन राई गोलधाप प्रहरी चौकी इन्चार्ज विरेन्द्र यादव
लगायत समाजसेवीहरु, विधार्थीहरू लगायत को उपस्थिति रहेको थियो।
सोही कार्यक्रममा हल्दिबारी वडा  नं १ कि कम्प्युटर अपरेटर मुना श्रेष्ठलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको थियो। हल्दिबारी गाउँपालिका वडा नं १ ले गत माघ २६ गते एकैदिनमा ७५ हजार २ सय २५ रूपैयाँ राजस्व संकलन गरेको थियो।

त्यस्तै आजैबाट वडा नं १ मा हाजिर भएका नयाँ कर्मचारी सहायक स्तर पाँचौ पदम अधिकारीलाई पनि स्वागत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search