झापा। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आगामी वर्षका लागि कार्यक्रम छनौट सम्बन्धी अभिमुखीकरण कार्यक्रम हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ।
हल्दिबारी गाउँपालिका का ५ वटै वडामा क्रमशः यि कार्यक्रम भएका थिए।
अभिमुखीकरण कार्यक्रममा विशेष गरी कार्यक्रम छनौट, निवेदन संकलन, निवेदन माथि छानविन, छनौटको आधार तथा बेरोजगार व्यक्तीहरूको प्राथमिकिकरण सम्बन्धी जानकारी गराईएको थियो।
प्रधानमन्त्री रोजगार कार्यक्रममा यहाँका पूर्णरूपमा बेरोजगार तथा १८ वर्ष देखि माथि ५९ वर्षभित्र का नागरिकले फागुन मसान्तसम्म निवेदन दिन सक्ने हल्दिबारी गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक सपना न्यौपानेले जानकारी दिएकी छन्।