राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको हो ।
यसअघि फागुन २५ मा सम्पन्न राष्ट्रपति चुनावमा पनि राप्रपा मतदान प्रक्रियामा सहभागी भएको थिएन ।निर्वाचनमा ४ जना उम्मेदवार रहेका छन् । एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।
जनमत पार्टीकी उम्मेदवार ममता झालाई लोसपा र नागरिक उन्मुक्तिले सघाउने निर्णय गरेका छन् । जसपाकी प्रमिलाकुमारी यादव पनि उम्मेदवार रहेकी छन् ।