हल्दिबारी १ मा आगलागी, नियन्त्रण को प्रयास जारी

झापा।झापाको हल्दिबारी गाउँपालिका वडा नं १ मा आगलागी हुँदा लाखौंको क्षति अनुमान गरिएको छ।
साविक गोलधाप ७ निवासी निर्मला आचार्य को घरमा आगलागी भएको हो। ग्यास सिलिन्डर विस्फोट भएको आवाज आएको भन्दै स्थानीयले ग्यास विष्फोट बाटै आगलागी भएको अनुमान गरिएको छ भने कतिले आगलागी पछि विष्फोट भएको भनेका कारण आगलागी को कारण प्रष्ट नभएको हल्दिबारी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा ले जानकारी दिएका छन्।
आगलागी बाट घरभित्रका सबै सरसामान जलेर पूर्ण रुपमा सखाप भएका छन् भने २ वटा बाख्रा मरेका छन्। यसैगरी एउटा गाई घाईते भएको साथै नजिकै रहेको परालको कुन्यु पनि पूर्ण रुपमा क्षति भएको छ।
भद्रपुर बाट आएको बारूणयन्त्र, सशस्त्र प्रहरी चौकी घेराबेरी , गोलधाप प्रहरी चौकी र स्थानीय को संलग्नतामा आगलागी नियन्त्रण को प्रयास भइरहेको थापाले जानकारी दिएका छन्। आगलागी को कारण र क्षतीको विवरण यकिन हुन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search