शनिबार बिहान काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं फर्काइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सुर्खेत उडानका क्रममा विमानको इन्डिकेटरले समस्या देखाएपछि काठमाडौं फर्काएर अवतरण गरिएको बताएको हो।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार घटनापछि जहाज ग्राउन्डेड गरिएको छ। अब प्राधिकरणको प्राविधिक टोलीको जाँच गरेपछि मात्र जहाजलाई उडाउन अनुमति दिइनेछ।