पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूह हल्दिबारी ४ को अध्यक्षमा सागर पोर्तेल निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी केदार उप्रेतीलाई ३६ मतले पछि पारेका छन्। यसैगरी उपाध्यक्षमा शर्मिला लामिछाने, सचिव शालिकराम पराजुली, कोषाध्यक्ष मनिता गौतम, सहसचिव भरत ढकाल निर्वाचित भएका छन्। यसैगरी सदस्यहरुमा नविन निरौला, सपना लिम्बु, दिलकुमार राजवंशी,मुनीराम खरेल, सिर्जना चापागाई र दिपा घिमिरे निर्वाचित भएका छन्।
शनिबार भएको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष सहसचिव सहित सदस्य पदहरूमा २ /२ जना उम्मेदवार रहेका थिए।
कुल ८३७ मतदाता रहेको समूहमा मा जम्मा ७६९ मत खसेको थियो।