रासायनिक मलको मुल्यवृद्धि तथा अनुदान कटौती को विरुद्धमा राप्रपाको विरोध प्रदर्शन

झापा। किसानले रासायनिक मल मा पाउदै गरेको अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध राप्रपाले झापाको चन्द्रगढीमा आज विरोध प्रदर्शन गरेको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले २०७९/११/२९ गतेबाट लागु हुने गरी मलमा दिँदै आएको अनुदान कटौती गरेर मलको मुल्यवृद्धि गरेको थियो।
कृषिजन्य वस्तुको उत्पादनमा लागत बढाएर छिमेकी देशहरू संग प्रतिस्पर्धा गर्न नसक्ने गरी किसानहरूको ढाड सेक्ने अदुरदर्शी निर्णय गरेको भन्दै राप्रपा ले
देशभर बाट एकैसाथ जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कार्यक्रम तय गरेको थियो।
सोही कार्यक्रम अन्तर्गत आज जिल्ला प्रशासन कार्यलय चन्द्र्गढिमा ज्ञापन पत्र बुझाएको छ।
राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझा,केन्द्रिय सदस्य तथा प्रदेश सांसद अम्बर बहादुर बिस्ट, सांसद गोपाल गजमेर, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल लगायतका नेता तथा सयौँ कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा नाराजुलुस सहित किसानमारा निर्णयको बिरोध जनाएको थियो।
अनुदान कटौती र मुल्यवृद्धि फिर्ता गर्न, सर्वसुलभ तरिकाले मल पाउने व्यवस्था गर्न, देशभित्रै रासायनिक मल को कारखाना स्थापनाको प्रर्कृया तत्काल प्रारम्भ गर्न तथा किसानले उत्पादन गरेका वस्तुहरूको उचित मूल्य तथा बजार व्यवस्थापन गर्न पनि राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search