झापा।राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापा क्षेत्र नं ३ प्रदेश ख को अधिवेशन आज सम्पन्न भएको छ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापा जिल्ला अध्यक्ष शारदा रिजालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, विशेष अतिथि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कि केन्द्रीय संरक्षक सिता थापा लिङदेन, राप्रपा जिल्ला उपाध्यक्ष सिता लम्साल,क्षेत्रिय अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, भद्रपुर नगरपालिका उपमेयर राधा कार्की लगायत पार्टीका नेताहरु, महिला संगठनका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।
सोही कार्यक्रममा स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिहरू,अग्रज महिला नेतृत्व एवम् वृदा आमाहरु लाई सम्मान पनि गरिएको थियो।
आजको अधिवेशन बाट दमन्ता कार्की मगरको अध्यक्षतामा २५ सदस्य महिला संगठन गठन भएको छ। संगठनले आगामी शनिबार पहिलो बैठक बाट कार्ययोजना बनाएर अघि बढ्ने अध्यक्ष मगरले बताइन।