पाथीभरा कालिका सामुदायिक वन समूहको नवनिर्वाचित समितिद्वारा कार्यभार ग्रहण

झापा।पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूह हल्दिबारी ४ का नवनिर्वाचित कार्यसमितिले आज सपथ ग्रहण गरेका छन् ।
गत चैत ४ गते भएको निर्वाचनमा अध्यक्षमा सागर पोर्तेल ,उपाध्यक्षमा शर्मिला लामिछाने, सचिवमा शालिकराम पराजुली, कोषाध्यक्षमा मनिता गौतम, सहसचिवमा भरत ढकाल निर्वाचित भएका थिए भने सदस्यहरुमा नविन निरौला, सपना लिम्बु, दिलकुमार राजवंशी,मुनीराम खरेल, सिर्जना चापागाई र दिपा घिमिरे निर्वाचित भएका थिए भने कृष्णप्रसाद प्रसाई सर्वसम्मत भएका थिए।
निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष सहसचिव सहित सदस्य पदहरूमा २ /२ जना उम्मेदवार रहेका थिए।

निर्वाचन समितिका संयोजक योगेश कार्कीको सभापतित्वमा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली को प्रमुख आतिथ्यतामा रहेको थियो भने विशिष्ट अतिथि वडाध्यक्ष सन्तकुमार थापा, यसैगरी वडा सदस्यहरू सुरेन्द्र बाराकोटी, शान्ता विश्वकर्मा, सव डिभिजन वन कार्यालय का कुमार कार्की, जलथल प्रहरी चौकी इन्चार्ज दिपेन्द्र गौतम, निवर्तमान अध्यक्ष चिरञ्जीवी पौडेल, नेकपा माओवादीका पार्टी प्रतिनिधि जितबहादुर राजवंशी, राप्रपाका पार्टी प्रतिनिधि पवन चम्लागाई लगायत अतिथि रहेका थिए।

नवनिर्वाचित समितिलाई प्रमुख अतिथि मैनालीले सपथ खुवाएकी थिइन् ।
सपथ ग्रहण पश्चात अध्यक्ष सागर पोर्तेल ले निर्वाचित गराउन सहयोग पुर्याउने सबै उपभोक्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा वनको संरक्षण र सम्बर्द्धनमा कुनै कसुर बाँकी नराखी स्थानीय तह तथा सबैसग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

पाथीभरा कालिका वन समूहको निर्वाचनमा योगेश कार्कीको संयोजकत्वमा जयप्रकाश दाहाल र दिपा बास्कोटा सदस्य रहेको निर्वाचन समिति रहेको थियो।
विभिन्न व्यवधानहरु पार गर्दै सहज र शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन सहयोग पुर्याउने सबैलाई संयोजक कार्कीले एकमुष्ट धन्यवाद दिएका थिए। कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य जयप्रकाश दाहालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...