झापा।हल्दिबारी गाउँपालिका वडा नं ४ को आयोजना तथा मेची नेत्रालय काकडभिट्टा को प्राविधीक सहयोगमा चैत ११ गते संचालन भएको आँखा शिविरमा केही म्याद समाप्त भएका औषधी वितरण भएको भनेर आएको जनगुनासो लाई मध्यनजर गरी कहाँ र को बाट गल्ती भयो भनेर आयोजकले छानविन गर्ने प्रतिबद्धता जनाएका छन्।

हिजो चैत ११ गते भएको शिविरमा प्राविधिक त्रुटिवस केही त्यसता औषधी वितरण भएको पाइएकोले घटनाप्रति दुख व्यक्त गर्दै वडाध्यक्ष सन्तकुमार थापाले जनताको सेवा को लागि गरिएको कामको गलत उद्देश्य नभएकोले प्राविधिक त्रुटि लाई सच्याउन छानविन समिति गठन गरिसकेको बताएका छन्।

साथै उनले संयोगवश जो कसैलाई त्यो औषधी प्राप्त भएको भए स्वास्थ्य चौकीमा फिर्ता गरिदिन पनि अनुरोध गरेका छन्।







