राजावादीलाई नजिस्क्याउन राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

सात दलीय गठनबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाबाटै राजतन्त्रवादीलाई नजिस्क्याउन चेतावनी दिएका छन्।

Advertisement

उनले प्रचण्ड नेतृत्वको सरकार राजावादीसँग मुठभेडतर्फ जान खोजेको आरोपसमेत लगाए। बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले गणतन्त्रमा कुनै नागरिक राजावादी हुन नपाउने हो भनेर प्रश्न गरे।

मंगलबार मिटरब्याज पीडितलाई सहानुभूति दिन काठमाडौंको माइतीघर गएका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीमाथि सरकारकै मिलेमतोमा आक्रमण प्रयास गरिएको उनको दाबी छ।

उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन?’

अध्यक्ष लिङ्देनले सरकारलाई मुठभेड नित्याउनेतिर नजान सुझाए। उनले मिटरब्याज पीडितका समस्या समाधानलाई राजनीतिकरण नगर्न आग्रह गरे।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search