पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम हल्दिबारीमा सम्पन्न

354 views

झापा। पाेषण  तथा खाद्य सुरक्षा सम्बन्धी पालिकास्तरिय अभिमुखीकरण कार्यक्रम हल्दिबारी गाउँपालिकामा आज सम्पन्न भएको छ।


गाउँपालीका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, सबै कार्यपालिका सदस्यहरू साथै शाखा प्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बहु क्षेत्रीय पोषण कार्यक्रम प्रदेश संयोजक संजिव लामा ले पोषणको आवश्यकता,निति तथा कार्यान्वयन का विषयमा जानकारी गराएका थिए भने आवश्यक सहयोग ( नेपाल स्वास्थ्य शिक्षा समूह झापा) को रहेको थियो।
हल्दिबारी गाउँपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यन्वयन गर्ने र पोषण मैत्री स्वास्थ्य संस्थाहरु तयारी गर्ने ,पोषण मैत्री गाउँपालिका सुनिश्चितता कार्यक्रमलाई प्राथमिकता साथ कार्यनयन गर्ने लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमको लक्ष्य र उद्देश्य माथि प्रकाश पार्दै स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले कार्यक्रम संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search