हल्दिबारी गाउँपालिका र निर्माण व्यवसायी बिच अन्तरकृया सम्पन्न

‍झापा। हल्दिबारी गाउँपालिकामा पालिकाका प्रतिनिधिहरू र निर्माण व्यवसायी बिच आज अन्तकृया सम्पन्न भएको छ।

Advertisement

गाउँपालीकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद चापागाई,वडाध्यक्षहरू देवीबहादुर थापा, विष्णु ओली र सन्तकुमार थापा , वडा सदस्य प्रकाश कार्की सहित १० वटा निर्माण कम्पनी का व्यवसायीहरू र पालिकाका प्राविधिकहरू बसेर गाउँपालीका भित्र भईरहेका विकास निर्माणका कामहरु के कस्तो अवस्थामा छन भनेर छलफल भएको थियो।

यस अघिको कार्यपालिका को बैठकको निर्णय अनुसार म्याद थप भईसकेको र अव म्याद थप नहुने हुँदा कार्य सम्पन्न पश्चात भुक्तानी हुने भएकाले बहुवर्षीय र वार्षिक योजनाहरु गुणस्तर कायम राख्दै समयमै सम्पन्न गर्न अध्यक्ष लिङदेनले आग्रह गरेका थिए भने व्यवसायीहरुले पनि समयमै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search