झापा। झापाको हल्दीबारी गाउँपालिका बाट श्रम स्वीकृत सेवा सुरु भएको छ। वैशाख १ गतेबाट नै सुरू भएपनि आइतबार हल्दिबारी ३ का देवीप्रसाद खतिवडाले पहिलो श्रम स्वीकृति लिएका छन् । हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले उनलाई स्विकृती प्रदान गरेका थिए।यो सेवा लिन रोजगार सेवा केन्द्रबाट फारम भर्न सकिने रोजगार संयोजक सपना न्यौपानेले जानकारी दिएकी छन्।
आफ्नै पालिकाबाटै श्रम स्वीकृत हुदा काठमाडौँ जाने आउने लगायतका धैरे झन्झटबाट मुक्त भएको खतिवडा ले बताए।
श्रमस्वीकृत बापत लाग्ने शुल्क उमेर अनुसार फरक फरक रहेको छ।