हल्दिबारी गाउँपालिका वडा नं ४ ले महेन्द्र मा वि मा अध्यनरत कक्षा १-५ सम्म अध्ययन गर्ने विपन्न वर्गका ७५ जना विधार्थीहरूलाई आज एक कार्यक्रमका बिच विधालय पोसाक वितरण गरेको छ।
वडा नं ४ का वडा अध्यक्ष सन्त कुमार थापाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ४ वडा सदस्यहरू क्रमश: भगीरथा दहाल, शान्ता गहतराज, सुरेन्द्र बाराकोटी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज रानामगर, सदस्य सर्मिला लामिछाने, प्र अ चक्रबहादुर बस्नेत, शिक्षक लोकप्रसाद भण्डारी, हल्दिबारी बालसंजालका अध्यक्ष पवन गिरी लगायत वडा बालसंजाल का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै व्यवस्थापन समितिका अध्यक्ष रानामगर ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न विधार्थीहरूलाई केही मात्रामा भएपनि सहयोग होस् भनेर वडाको सहयोगमा वितरण गरिएको बताएका थिए। यस्तै वडाध्यक्ष थापाले हल्दिबारी गाउँपालिकाले शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको र त्यसैलाई राहत मिलोस् भनेर वडाले वार्षिक कार्यक्रम नै बनाएर पोसाक वितरण गरेको र यसले विधार्थीहरूलाई विधालय आउन थप हौसला मिल्ने धारणा राखेका थिए।यसैगरी विधालयका प्र अ बस्नेतले वडा कार्यालयलाई धन्यबाद दिएका थिए।
कार्यक्रमकै संचालन वडा सचिव जय पोखरलले गरेका थिए।