झापा।योजना तथा बजेट निर्माणमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ।
फेयरमेड फाउन्डेसन को प्राविधीक सहयोगमा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली र खडग लावती यसैगरी कार्यपालिका सदस्यहरू शान्ता शिवाकोटी, रूपा रसाईली, सुष्मा महरा, बिजय राजवंशी , आयुशा मेचे,लगायत सबै शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा लैङ्गिक समानता को विभिन्न विषयहरूमा छलफल गरिएको थियो।
सामाजिक समावेशीकरण को मूलप्रवाहीकरणमा लैङ्गिक समानता कसरी कायम गर्ने ,महिलाको क्षमता अभिवृद्धि, योजना तर्जुमा तथा कार्यान्वयनमा महिला सहभागिता,लगायतका विषयमा छलफल गरिएको थियो।
स्वास्थ्य सेवा, विकाश निर्माण का काममा समतामूलक सहभागिता लगायतका विषयमा महिलाको अवस्था बारेमा फेयरमेड फाउन्डेसन कि शोभा गुरूङ ले प्रष्ट पारेकी थिइन्।
छलफल पश्चात गाउँपालीका अध्यक्ष लिङदेनले लैङ्गिक समानता हुने गरी कार्यक्रम छनौट गर्ने र समावेशी बजेट निर्माण गर्न सबै जनप्रतिनिधिहरू लाई आवाज उठाउन आग्रह गर्दै सामाजिक समावेशीकरण हुने खालको कार्यक्रम हल्दिबारी गाउँपालिकाले तयार गर्ने प्रतिबद्धता जनाएका थिए।।यसैगरी उपाध्यक्ष मैनालीले अहिले पनि महिलाहरु विभिन्न कारणले पछि परेको भन्दै आगामी दिनमा मूलप्रवाहमा ल्याउने कार्यक्रम बनाउन पहल गर्ने बताएकी थिइन्।
यसैगरी सबै वडाध्यक्षहरूले आगामी दिनहरुमा समावेशी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए भने महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा ले पछि परेका सन्थाल समुदायका महिलाहरु लाई जनचेतनामूलक कार्यक्रममा सहभागी गराउनुपर्ने साथै श्रमिक महिलाहरुलाई न्युनतम पारिश्रमिक को बारेमा जानकारी गराउनुपर्ने लगायतका कुरा उठाएकी थिइन्।
कार्यक्रमको दोस्रो चरणमा खानेपानी तथा सरसफाई सम्बन्धी अन्तरक्रिया सहारा नेपाल का कार्यक्रम संयोजक पवन राईले संचालन गरेका थिए भने गाउँपालीका अध्यक्ष को संयोजकत्वमा सरसफाई समिति पनि गठन गरिएको थियो।
कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले गरेका थिए।