चन्द्रगढी विमानस्थलबाट ब्राउन सुगरसहित २ महिला पक्राउ

513 views

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषध ब्राउनसुगरसहित दुई युवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ ९राजवंशी० र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन्।

गए राति ९ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीहरूलाई विमानस्थल प्रहरीले शरीर चेकजाँचका क्रममा सोनीको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर फेला परेको डीएसपी रिजालले बताए।

सोनीले गुप्ताङमा लगाएको प्याडमा ब्राउनसुगर लुकाएर काठमाडौं लैजान खोजेकी थिइन् । सोनीसँग ब्राउनसुगर फेला परेपछि सँगै काठमाडौं जान लागेकी उनकी दिदी सन्ध्यालाई पनि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search