झापा। हल्दिबारी गाउँपालिका वडा नं ५ धनुषपोखरीको लिमेडोलमई बौद्ध बिहार मा आज बुद्ध जयन्तीको अवसर पारेर बुद्ध को मुर्ति प्रतिस्थापन गरिएको छ।
निवर्तमान उपप्रधानमन्त्री, झापा क्षेत्र नम्बर ३ माननीय सांसद राजेन्द्र लिङदेन को सांसद कोषबाट प्राप्त ३ लाख ५० हजार, हल्दिबारी गाउँपालिका वडा नं ५ बाट प्राप्त १ लाख तथा विभिन्न सहयोगी देश तथा विदेशमा रहने स्थानीय एवं दाताहरूबाट सहयोग संकलन गरि बौद्ध बिहार निर्माण गरिएको संस्थाका सचिव भीम मगरले जनाएका छन्।
संस्थाका अध्यक्ष लालकुमार मगर को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि निर्वतमान उपप्रधानमन्त्री एवंम संघिय सांसद राजेन्द्र लिङदेन रहेका थिए। कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्षहरू शुकलाल राजवंशी,खडक लावती, सन्तकुमार थापा लगायत कार्यपालिका सदस्यहरू , यसैगरी किराँत हाङसाम माङहिम का अध्यक्ष लक्ष्मीप्रसाद नेम्वाङ, साकेला थान हल्दिबारी ५ का अध्यक्ष बिरदल राई, किराँतेश्वर मन्दिर अध्यक्ष सोमनाथ सुवेदी सहित टिका सुबेदी, अर्जुन कास्की, शेरबहादुर तामाङ लगायत अतिथि रहेका थिए।
कार्यक्रममा विभिन्न क्षेत्र, संघसंस्था लगायत धार्मिक क्षेत्रका व्यक्तित्वहरुको उल्लेखिय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना दिएका थिए भने यो क्षेत्रको विकासका लागि सदैव पहल गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमको संचालन सचिव भीम मगरले गरेका थिए।