राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएको थियो । बैठकमा सहभागी एक सांसदका अनुसार रास्वपाले अब रचनात्मक प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।
माघ २२ गते रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको थिएन् । रास्वपाले उपप्रधानमन्त्रीसहित गृह, शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको थियो ।
पैशाख १० गते भएको उपनिर्वाचनपछि सो दल सरकारमा सहभागी हुनका लागि छलफल गरेको थियो । रास्वपाले पूर्ववत मन्त्रालयहरू पाउनुपर्ने बताउँदै आएको थियो ।