माटोको ढिस्कोले पुरिएर इलाममा ४ जना मजदुर को मृत्यु

घरको चर खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर इलामको सूर्याेदय नगरपालिकामा ४ जनाको मृत्यु भएको छ।

सूर्याेदय १०, फिक्कलका विनोद श्रेष्ठको घर बनाउनेक्रमा चारै भारतीय कामदारको मृत्यु भएको घटनास्थलमै रहेका प्रहरी इन्स्पेक्टर सन्तोष राईले जानकारी दिए।

भारतको बिहार राज्यस्थित किसनगन्जका तोसिब आलम, अजिमोदिन, मुजाफर आलम र अब्दुुल आलमको मृत्यु भएको इन्स्पेक्टर राईले बताए। उनका अनुसार मृत्यु हुने चारै कामदार अन्दाजी १८ देखि २० वर्ष उमेरका छन्।

उनीहरूलाई अपराह्न पौने ५ बजेतिर ढिस्को झरेर पुरेको थियो। ३ जनाको १५ मिनेटपछि र अर्का १ जनाको केही समयपछि शव निकालिएको उनले बताए। उनीहरूको शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search