हल्दिबारी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

झापा। हल्दिबारी गाउँपालिकाले सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता सम्बन्धी दोस्रो चौमासिक को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। आज हल्दिबारी ५ को धनुषा आधारभूत विद्यालयको प्राङ्गणमा कार्यक्रम भएको थियो।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्षहरू १ नं देखि क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा र खडग लावती सहित वडा सदस्यहरू, कर्मचारीहरु, विभिन्न संघ संस्था, राजनीतिक दलका प्रतिनिधिहरु, संचारकर्मीहरु, बालसंजाल का प्रतिनिधिहरू सहित सयौँ संख्यामा नागरिकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको समन्वय गरेको स्माइल नेपालले प्रत्येक वडामा गएर सेवाग्राही सँग सेवाका विषयमा ९० जना नागरिक सँग ४६ वटा प्रश्नहरु गरेको र प्राप्त भएको जवाफका आधारमा प्रतिवेदन प्रस्तुत गरेको थियो।
कार्यक्रममा ७/८ जना सहभागीहरुले विभिन्न विषयमा प्रश्न सोधेका थिए। गाउँपालीकाको इन्धन खर्च किन धेरै? भौतिक पूर्वाधार, खानेपानी, कृषि, शैक्षिक सुधार,विधालयमा राजनिति बन्द गर्नुपर्ने, समयमै कार्य सम्पन्न नहुनुका कारणहरु, बालमैत्री स्थानीय सरकार बनाउन प्रयाप्त प्रयास नभएका लगायत विषय उठाएका थिए।

सहभागीहरूको प्रश्नको जवाफ दिदैँ अध्यक्ष लिङदेनले ईन्धनको विषयमा गाउँपालीकाको विशेष गरि जेसेवीमा खर्च भएको जुन विकास निर्माणका लागि प्रयोग भएको जानकारी गराएका थिए।
उनले भने ” गाउँकै विकासका लागि प्रयोग भएको र कोही जनप्रतिनिधि तथा कर्मचारीले घुमघाम र व्यक्तिगत रुपमा प्रयोग नगरेको बताएका थिए।
यसैगरी ठेक्का सम्झौता भएका कामहरु समयमै सम्पन्न गर्न ठेकदारहरुलाई भनिसकेको र तोकिएको समयमै कार्य सम्पन्न गराउने जवाफ दिएका थिए।
उनले सत्य कुरा तथ्यमा आधारित भएर बाहिर ल्याउन संचारकर्मीहरुलाई अनुरोध गरेका थिए भने हल्ला को पछि नलागी आधारिक रूपमा गाउँपालीका बाट सुचना लिन सकिने बताएका थिए।

यस्तै उपाध्यक्ष मैनालीले अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्ड वितरण नियमित गर्ने प्रतिबद्धता जनाएकी थिइन्।
प्रश्नहरुको जवाफ दिदै प्रमुख प्रशासकीय अधिकृत चापागाईले ईन्धनको विषयमा बाहिर हल्ला भए जस्तो अनियमितता नभएको बताए भने विधार्थीहरूले उठाएको इन्ट्रनसिप को कुरामा पालीका सकारात्मक रहेको जवाफ दिएका थिए।

यस्तै सबै वडाध्यक्षहरू र सम्बन्धीत शाखाका प्रमुखहरूले जवाफ दिएका थिए।
हल्दिबारी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण
स्माइल नेपालले गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...