झापा। राष्ट्रिय प्रजातन्त्र पार्टीमा आम सर्वसाधारणको आकर्षण बढ्दो क्रममा रहेको छ।
खुल्लमखुला रूपमा सदन देखि सडक सम्म भष्ट्राचार को बिरुद्ध सशक्त आवाज उठाउदै आएको पार्टीमा झापाको भद्रपुर ८ मा आयोजित वडा अधिवेशन कार्यक्रम मा आज विभिन्न पार्टी परित्याग गरी सयौँको संख्यामा पार्टी प्रवेश गरेका छन्।
कार्यक्रमको प्रमुख अतिथि राप्रपा केन्द्रीय सहमहामन्त्री भरतेन्दु मल्लीक, जिल्ला अध्यक्ष केशब ओझा,जिल्ला उपाध्यक्ष सिता लम्साल, जिल्ला सदस्यहरू अभिषेक ढुंगाना, सागर घिमिरे,लिला घिमिरे ,युवक जिल्ला अध्यक्ष राजकुमार राई र भद्रपुर नगर अध्यक्ष राधा कार्की लगायत का उपस्थिति भएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर वडा नं ८ को नेतृत्व मा पुन : अम्बिका पोखरेल लाई सर्वसम्मत रूपमा चयन भएका छन्।
यसैगरी पार्टीका युवा तथा महिला संगठन समेत गठन भएको छ।