झापा। दिपज्योति सामुदायिक वन उपभोक्ता समूह कचनकवल ७ झापाले वनमा काठ वितरणमा अनियमितता भएको भनेर आएको जनगुनासो र चासोलाई सम्बोधन गर्दै छानविन समिति गठन गरेको छ।
जेठ ७ गते बसेको समूहको बैठकले स्थानिय महासंघ कचनकवलका अध्यक्ष चेतराज भट्टराई को संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको समूहका अध्यक्ष हरी लिम्बुले जानकारी दिएका छन्।
वन समूहले १५ दिन सम्म का लागि कुनैपनि कामकारबाही अघि नबढाउने र खाता,बिल , भरपाई सबै छानबिन समितिलाई बुझाएको पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026