जैविक विविधता दिवशको अवसरमा, जलथल वनको वृतचित्र सार्वजनिक

झापा। विश्व जैविक विविधता दिवशको अवसरमा फरेस्ट एक्सन नेपालले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जलथल जैविक विविधता समेटिएको वृतचित्र प्रदशनी गरिएको थियो। हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले औपचारिक रूपमा वृतचित्र उदघाटन गरेका थिए भने आजै युट्युवमा सार्वजनिक पनि गरिएको छ।

यसैगरी जैविक विविधता दिवशको अवसरमा जलथलमा २३ काम शिर्षकमा भएको चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सिग्मा इङलिस स्कुलका विद्यार्थीहरू सोनिक तामाङ र नम्रता राजवंशी, द्धितीय स्थान हासिल गर्ने हल्दिबारी मा वि का किशोर फागो र तृतीय हुने पशुपति मा वि का पारस राजवंशी र हिमाली मा वि का प्रिया सिंह लाई पुरस्कार वितरण गरिएको थियो। यस्तै जलथल क्षेत्रमा ईको कल्ब गठन भएका हिमाली मा वि, पथरिया मा वि, हल्दिबारी मा वि, पशुपति र लक्ष्मी मा वि लाई शैक्षिक सामग्री पनि वितरण गरिएको थियो।

पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सागर पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, अतिथिहरु हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा, डिभिजन वन कार्यालयका निमित्त प्रमुख नथुनी यादव, फेकोफन झापाका उपाध्यक्ष चन्द्र तामाङ्ग,सव डिभिजन वन कार्यालय रंगेडाडाका प्रमुख राजु खडका, रेडक्रस जलथल का सभापति रेम खरेल, वडा नं ४ का वडा सचिव जयप्रसाद पोखरेल लगायत विभिन्न वन समूहका अध्यक्ष लगायत प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरू, विधार्थीहरू लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै लिङदेनले दक्षिण एसियामै जैविक विविधताले भरिएको वनका रूपमा परिचित जलथल वनलाई चिनाउन यो महत्वपूर्ण सामाग्री भएको धारणा राखेका थिए। उनले जैविक विविधता संरक्षणमा गाउँपालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। यस्तै डिभिजन वन का निमित्त प्रमुख यादवले जलथल को बारेमा बनेको भिडियो सामग्री मार्फत पर्यटन प्रवर्द्धन मा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। आफ्ना भनाई राख्दै हल्दिबारी गाउँपालिका उपाध्यक्ष मैनालीले एउटा दस्तावेज तयार भएको र यसले जलथल वनको प्रचारमा सहयोग पुग्ने भन्दै फरेस्ट एक्सन लाई धन्यवाद दिएकी थिइन्।

जिल्ला महासंघ झापाका उपाध्यक्ष तामाङले वनको स्रोत सर्वेक्षण गरि प्रकाशन गरिएका अध्ययन सामाग्री र वृतचित्रले जलथल के हो भनेर बुझाउन सकिने धारणा राखेका थिए। कार्यक्रमको समापन गर्दै पाथीभरा कालीका समूहका अध्यक्ष पोर्तेल ले समुहले पनि आगामी दिनमा वनको प्रचार प्रसार मा लागि पर्ने र यहाँका दुर्लभ वनस्पति एवम् वन्यजन्तु संरक्षणका विभिन्न कार्यक्रम गर्ने जानकारी गराएका थिए। फरेस्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा. लीलानाथ शर्माले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको संचालन संचारकर्मी देवीका अधिकारी ले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search