देवानगञ्ज गाउँपालीकाका प्रतिनिधिहरू, हल्दिबारी गाउँपालिकाको भम्रणमा

झापा। झापाको हल्दिबारी गाउँपालिकाको भ्रमणमा जेठ ८ गते सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको जनप्रतिनिधि एवं कर्मचारीहरु को समूह आएको छ।

देवानगन्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता , प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल सहित जनप्रतिनिधि र कर्मचारीहरुले हल्दीबारी गाउँपालिकाको शैक्षिक स्थिति सुधारका लागि गरेका नविनतम गतिविधिहरु, भौतिक एवं प्रशासनिक व्यवस्थापन , आधारभूत अस्पतालबाट नागरिकहरुले पाउने स्वास्थ्य सेवा आदि के कसरी अघि बढी रहेकोछ भन्ने बिषयमा स्थलगत अवलोकन गरेका थिए।

हल्दिबारी गाउँपालिकामा पहिलो पटक सिसि क्यामेरा बाट अविभावक हरूले आफ्नो बच्चा भएको विधालयको गतिविधि घरमै बसेर हेर्न मिल्ने प्रविधि सुरु भएको छ। हल्दिबारी गाउँपालिका बाट सिकेर आफ्नो स्थानीय तहमा पनि गुणस्तरीय शिक्षा, दिगो विकास, प्रशासनिक व्यवस्थापन, नागरिक सेवा के कसरि गर्न सकिन्छ भन्ने जिज्ञासाका साथ हल्दीबारी गाउँपालिका भ्रमण गर्न आएको पनि अध्यक्ष मेहताले बताए।

गाउँपालीकाको भम्रणमा आएका पाहुनाहरछलाई हल्दीबारी गा. पा अध्यक्ष रविन्द्र प्र लिङदेन सहित उपाध्यक्ष, वडा अध्यक्ष हरू , कार्यपालिका सदस्यहरूले स्वागत गरेका थिए। उनीहरूले हल्दिबारी नमुना मा.वि को पनि अवलोकन गरेका थिए। यो विद्यालयमा प्राविधिक धार तर्फ बालीविज्ञान पढाई हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...