हल्दिबारी गाउँपालिकाका गाईभैँसीहरुमा लम्पी स्किन रोगको संक्रमण उच्च, १५ दिनमा १५० भन्दा धेरै संक्रमित,४ वटाको मृत्यु

झापा। हल्दिबारी गाउँपालिकाका धेरै गाईवस्तुमा लम्पी स्किन रोगको लक्षण देखिएको छ। लम्पी स्किन रोग ( Capripox Virus) को कारणले गाई भैँसीमा लाग्ने संक्रामक रोग हो।

जेठ महिनामा मात्रै किसानहरूले  १५० भन्दा बढी  पशुहरू उपचार का लागि ल्याएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सानुमाया श्रेष्ठले जानकारी दिइन्।

हल्दिबारी को वडा नं ४ मा सबैभन्दा धेरै यो रोगका लक्षण भएका गाईवस्तु भेटिएको पनि उनले बताइन्।
संक्रमण फैलिएको छोटो समयमा ३ वटा बाच्छाबाच्छी र एउटा गाई मरिसकेका छन् भने केही गाई/ बाच्छा को अवस्था जटिल रहेको पनि श्रेष्ठले जानकारी दिएकी छन्।
विशेष गरी गाईभैँसीमा लाग्ने यो रोग गाईमा अझै धेरै देखिएको छ।

लम्पी स्किन रोगका लक्षणहरू

१०४ डी फरेनहाइट भन्दा धेरै ज्वरो आउने, दानापानी घाँस नखाने तथा पशु दुब्लाउँदै जाने।

शरिरको विभिन्न भागमा, विशेष गरी पेट र थुन को वरिपरि सारो गोलो गिर्खा आउने।
आँखा तथा नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ बग्ने।

खुट्टा सुन्निने र हिडडुल गर्न गाह्रो हुने।

दुध दिने गाईभैँसी को दुध घट्दै जाने ।
प्रजनन् समस्या हुने।

रोगको संक्रमण बढ्दै जाँदा जिवाणु को संक्रमण हुने र घाउ पाक्ने।
लगायतका विभिन्न लक्षणहरू यो रोगमा देखा पर्छन्।
सरूवा रोग भएकाले यसको संक्रमण तिव्र गतिमा बढीरहेको छ।

रोग सर्ने माध्यमहरु

लाम्खुट्टे, झिंगा,डाँस र किर्ना जस्ता जीवको टोकाइबाट।

प्राकृतिक र कृत्रिम गर्भाधान बाट।

संक्रमित पशुहरूको
ओसारपसारबाट।
संक्रमितलाई प्रयोग गरेको निडिल तथा सिरिञ्जको प्रयोग।

सामुदायिक चरणक्षेत्र वा दानापानी खाने ठाउँबाट।

यसबाट बचाउनका लागि

रोगी पशुहरू लाई अलग्गै राखेर दानापानी को व्यवस्था गर्ने।

गोठ खोरको वरिपरि नियमित सफाई गर्ने तथा दिनमा एकपटक एन्टीभाइरल मेडिसिन वा फिनेल छर्किने।

उच्च संक्रमित क्षेत्र वरिपरि बाट पशु खरिद नगर्ने ‌।
गोठखोर वरपरको खाल्डाखुल्डी पुर्ने, साझमा गोठ धुवाउने।

गोठमा गोबर तथा पिसाब भरिन नदिने तथा मलखाडी अलि टाढा बनाउने।
लगायतका सुरक्षाका विभिन्न उपायहरु अपनाउन सकिन्छ।

विशाणुबाट सर्ने भएकोले यसको खास उपचार नभएकाले संक्रमण हुनबाट बचाउन रोकथामका उपायहरु अपनाउन अतिआवश्यक रहेको छ।
रोगका लक्षणहरू को आधारमा ज्वरो कम गर्ने तथा जिवाणुको संक्रमण रोक्न सहयोगी औषधीहरु को प्रयोग नै यसको उपचार रहेको छ।
हल्दिबारी गाउँपालिकाका सबै वडा कार्यालय का पशुशाखा मा पशुप्राविधिक रहेका छन्। पशुशाखामा लैजान नसक्ने अवस्थाका पशुहरू लाई घरमै पुगेर सेवा दिईरहेको पनि श्रेष्ठले जानकारी दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...