कुष्ठरोग नियन्त्रण सम्बन्धी अन्तरक्रिया हल्दिबारी गाउँपालिकामा सम्पन्न

356 views

कुष्ठरोग  , यसको चुनौती र समाधान का उपाय सम्बन्धी  सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ।

Advertisement

कुष्ठरोग एक प्रकारको सरूवा रोग मध्ये कम सर्ने रोग हो। यो रोग लेप्रे (Mycobacterium Leprae) नामक सुक्ष्म किटाणुबाट लाग्ने गर्दछ।

कुष्ठरोग को संक्रमण बढ्दै गएको नेपाल कुष्ठरोग संगतीका कार्यक्रम अधिकृत पर्शुराम पोखरेलले जानकारी दिएका छन्। हल्दिबारीमा अहिले ८ जना कुष्ठरोगका सक्रिय संक्रमित रहेका छन्।

गाउँपालीकाका स्वास्थ्यकर्मीहरु, स्वयंमसेवीकाहरूले जेठ १४ गतेबाट गाउँगाउँमा गएर रोगका लक्षण भएका बिरामीहरू को खोजी गर्ने कार्य सुरु गर्ने पनि आजको कार्यक्रममा जानकारी दिइएको थियो।

शरीरमा स्पर्श शक्ति हराएका रातो, फुस्रो,नचिलाउने दाग देखा पर्नु, हातखुट्टा झमझमाउनु वा निदाए जस्तो हुनु, अनुहारको छाला चम्किलो हुदै जानु , गिर्खाहरू देखा पर्ने यो रोगका लक्षणहरू हुन्।
समयमै उपचार गरे यो रोग निको हुने तथा स्वास्थ्य संस्थामा यसको उपचार निशुल्क हुदै आएको छ।

हल्दिबारीका विद्यालयहरू मा कुष्ठरोगको पहिचान गर्ने काम भइरहेको पनि स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी गराएका थिए।

हल्दिबारीका  सबै स्वास्थ्यकर्मीहरु, स्वयंमसेवीकाहरू र संचारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले गरेकी थिइन्। ‌ नेपाल कुष्ठरोग संगीत का कार्यक्रम अधिकृत पोखरेलले कुष्ठरोगको लक्षण, सर्ने कारण,बच्न सक्ने उपायका बारेमा जानकारी गराएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search